काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
इन्स्योरेन्सले गत माग ३० गते ३५ दिने सुचना आह्वान गरेकोमा कुनै पनि सस्थापक शेयरधनीहरुको निवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको सुचनामा उल्लेख छ ।
इन्स्योरेन्सले बिहीबार १५ दिने सुचना निकालेर १ लाख ४९ हजार ११६ कित्ता शेयर न्युनतम् १८० रुपैयाँ प्रतिकित्ताका दरले बिक्रीमा ल्याएको हो । यस्तै ८२ हजार ५९२ कित्ता शेयर न्युनतम् १६३.९० रुपैयाँ र २४ हजार ६०२ कित्ता शेयर न्युनतम् १६३.५० रुपैयाँका दरले बिक्रीमा ल्याएको हो ।
आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीकोे प्रधान कार्यालय सिटिसी मल सुन्धारामा निवेदन दिन सुचनामा भनिएको छ ।
प्रतिक्रिया