६७ खर्ब ५१ अर्ब निक्षेप पुग्दा कर्जा प्रवाह ५४ खर्ब ५८ अर्ब मात्रै


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकको चैत ११ सम्मको तथ्यांक अनुसार, कर्जा विस्तार भने ५४ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूले मात्रै ६० खर्ब २५ अर्ब रुपैयाँ संकलन गरेका छन् ।

विकास बैंक तथा वित्त संस्थाको निक्षेप रकम ७ खर्ब २६ अर्ब पुगेको छ ।

कुल कर्जा विस्तारमध्ये वाणिज्य बैंकहरूले ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अन्य बैंक तथा वित्त संस्थाहरूको भने ६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

राष्ट्र बैंकका अनुसार, कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.५८ प्रतिशत रहेको छ ।

यस्तै अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ ।

प्रकाशित मिति: १४ चैत २०८१, बिहीबार  १२ : ४३ बजे