काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुन भाउ घटेको छ । आइतबारको तुलनामा साेमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य भने सोमबार बढेको छ । साेमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २७.६७ अमेरिकी डलर र चाँदी ३०.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया