काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गर्भनर निलम ढुङ्गानाले पाएकी छन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सक्काएर चैत २२ गते बिदा भइसकेका छन् ।
रिक्त बनेको गर्भनर पदमा सरकारले हालसम्म पनि नयाँ गर्भनर नियुक्ति गर्न सकेको छैन ।
प्रतिक्रिया