चालु आर्थिक वर्षको ८ महिनामा झण्डै २ खर्बको चिया कफि आयात


काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ८ महिना (साउन–फाल्गुन) सम्म १ खर्ब ८५ अर्ब ११ करोड ६० लाख ३ हजार रुपैयाँको चिया र कफि आयात गरेको छ ।

यो अवधिमा नेपालले १ खर्ब ८५ अर्ब ६ करोड ११ लाख ९ हजार रुपैयाँको चिया र ८ करोड ९७ लाख ७८ हजार रुपैयाँको कफि आयात गरेको हो ।

यो अवधिमा १ हजार २१० केजी प्याकिङ गरेको हरियो चिया ४६ अर्ब ३१ करोड ९४ लाख ४६ हजार रुपैयाँको आयात भएको छ । जसबाट १३ लाख ४० हजार रुपैयाँ राजस्व सङकलन भएको छ । यस्तै १ हजार ६६२ केजी हरियो चिया ४६ अर्ब ३० करोड १९ लाख ८२ हजार रुपैयाँको आयात भएको छ । जसबाट ३ लाख २७ हजार रुपैयाँ राजस्व सङकलन भएको छ ।

यसैगरि ३ हजार ५३ केजी कालो चिया ४६ अर्ब २९ करोड ५१ लाख ८ हजार रुपैयाँको आयात हुँदा ४६ लाख ९६ हजार रुपैयाँ राजस्व सङकलन भएको छ । यस्तै ६४ हजार ८१० केजी अन्य कालो चिया ४६ अर्ब १४ करोड ४५ लाख ७३ हजार रुपैयाँको आयात हुँदा २ करोड ५४ लाख ४६ हजार रुपैया राजस्व सङ्कलन भएको छ ।

यस्तै १ लाख १९ हजार २१६ केजी क्याफिनेटेड नभएको र रोस्टेड नभएको कफी ७ करोड ९६ लाख ९२ हजार रुपैयाँको आयात भएको छ । जसबाट ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै २९ केजी डिक्याफिनेटेड कफी ३८ हजार रुपैयाँको आयात भएको छ । जसबाट २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै १० हजार ५३० केजी रोस्टेड कफी ९६ लाख १५ हजार रुपैयाँको आयात हुँदा ६६ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरि २० केजी डिक्याफिनेटेड भुटेको कफी २२ हजार रुपैयाँको आयात हुँदा १५हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै १ हजार २९१ केजी हस्क कफी ८ लाख ६१ रुपैयाँको आयात भएको छ । जसबाट ५ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति: २६ चैत २०८१, मंगलबार  ०७ : ५१ बजे