एनआईसी एसीया बैंकको ७ लाख कित्ता सस्थापक शेयर सर्वसाधारणमा


काठमाडौं । एनआईसी एसीया बैंक लिमिटेडले ७ लाख १४ हजार ९५० सस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।

बैंकले मंगलबार सुचना जारी गर्दै पहिलो पटकको सुचनामा कुनै पनि सस्थापक सेयरधनिहरुको आवेदन नपरेकोले अन्य व्यक्ति संघ सस्थाको लागि आवेदन खुल्ला गरेको हो ।

सेयरको प्रति कित्ता मूल्य १९० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।

आवेदन २०८१ बैशाख ९ गते दिउँसो ३ बजे भित्र एनएमबी क्यापीटलको कार्यालय बालुवाटारमा दर्ता गरिसक्नु पर्ने छ ।

आवेदन फारम एनएमबी क्यापिटल बालुवाटारमा १०० रुपैयाँ तिरेर लिन सकिने छ । एक व्यक्ति वा सस्थाले एक भन्दा बढी आवेदन पनि दिन सक्ने छन् । आवेदन फारममा आफुले किन्न चाहेको सेयर सङ्ख्या तथा दर प्रष्ट रुपमा अंक र अक्षरमा लेख्नु पर्ने छ । आवेदकले आफ्नो नाम ठेगना टेलिफोन नम्बर खाता रहेको बैकको नाम र खाता नम्बर हितग्राही खाता नम्बर प्रष्ट उल्लेख गनुपर्छ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट तोकिएको मापदण्ड पुरा गरेको हुनुपर्ने छ । आवेदनसाथ ३ प्रति फोटो, कर्जा सुचना केन्द्रबाट कालो सुचिमा समावेश नभएको प्रमाण प्रत्र आवश्यक पर्नेछ । प्रहरीको प्रतिवेदनमा आपराधीक पृष्ठभुमी नभएको ,सजाय पाएको भए ५ वर्ष पुरा भएको हुनुपर्ने छ । यस्तै स्नातक तहको प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्र र आफ्नो नाममा रहेको व्यवसायको स्थायी लेखा नम्बर र नागरिताको प्रतिलिपि आवश्यक पर्ने छ ।

आवेदक सस्था वा कम्पनीको हकमा नेपाल राष्ट्र बैकले तोकेको मापदण्ड पुरा गरि सम्पर्ण प्रक्रिया पुरा गरेको हुनुपर्ने छ । शेयर खरिद प्रक्रियामा लाग्ने शुल्क बैक दस्तुर सबै आवेदक स्वयंले व्यहोर्नु पर्नेछ । ५ लाख भन्दा बढिको रकमको आवेदन दिने आवेदकले स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने छ ।

प्रकाशित मिति: २६ चैत २०८१, मंगलबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।