त्रिभुवन विश्वविद्यालयले अबदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ ।
शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार, २०८२ साल वैशाख २ गते बिहान ११ बजेबाट विश्वविद्यालयले यी सेवाका लागि अनलाइन आवेदन प्रक्रिया सुरु गरेको हो ।
हालको लागि आवेदन शुल्क भुक्तानी कनेक्ट आइपीएस प्रणालीमार्फत गर्न सकिनेछ भने आगामी दिनमा अन्य डिजिटल भुक्तानी गेटवेहरू पनि क्रमशः समावेश गर्दै लैजाने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया