म्याग्दी । ‘तेह्र किलोमिटर लामो मालढुंगा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ ।
मालढुंगा–बेनी सडक स्तरोन्नति आयोजनाका इन्जिनियर विष्णु चापागाईले मालढुंगातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म ५ किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप ५ किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए । करिब २ किलोमिटर ढलान पनि गरिएको छ ।
४ वर्षअघि ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए । पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।
हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको ५ किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।
प्रतिक्रिया