काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मंगलबार बुढानीलकण्डमा सम्पन्न सो साधारण सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा खडानन्द सापकोटा, इन्द्र कुमार शाह, शम्भु घिमिरे, बिमला योगी निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणका तर्फबाट बिनोद आचार्य र भरत हमाल चयन भएका छन् ।
संस्थाको संचालक समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया