काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्ड बैशाख ३ गतेबाट निष्काशन हुँदैछ । यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ ।
१ अर्ब रुपैयाँ पुँजीबराबरको आकार रहेको कम्पनीले ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन मार्फत बिक्री खुल्ला गर्नेछ । लगानीकर्ताहरुले यो योजनामा न्यूनतम १ हजार देखि अधिकतम १० करोडसम्म खरिद आवेदन दिन सक्नेछन् ।
यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख ७ गतेसम्म हुनेछ । सो अवधिसम्म सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा वैशाख १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया