काठमाडौँ । नेपाल प्रहरीले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा खुल्ला तथा समावेशी सेवा मार्फत पदपुर्तिको लागि आवेदन माग गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सुचना निकालेर २०८१ मंसिर २१ मा खुलाएको विज्ञापनमा थप गरेर आवेदन खुल्ला गरेको हो ।
सुचनामा भान्छेतर्फ खुला ६३ जना र अमर अशक्त प्रहरी परिवार तर्फ ३ जना माग गरेको छ । यस्तै महिला तर्फ १० जना, आदिवासी जनजाति तर्फ १६ जना, मधेशी १४ जना, दलित ८ जना र पिछिडिएको क्षेत्रबाट ३ जना गरि ११७ जना माग गरेको छ ।
यस्तै कुचीकारतर्फ खुलामा १५ जना मागेको छ । महिला २ जना, आदिवासी जनजाति र मधेशी ३।३ जना र दलित २ जना गरि २८ जना मागेको छ ।
प्रतिक्रिया