सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा विस्तार


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा’ सुरु गरेको छ ।

नेपालमै पहिलो पटक विस्तार गरिएको क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवाबाट अन्य बैंकका ग्राहकहरूले सिटिजन्स बैंकको काउन्टरमा क्यू आर स्क्यान गरी तुरुन्त नगद प्राप्त गर्न सक्नेछन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गर्दै ३३ शाखामा ९१३ जनाको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

साथै बैंकले वार्षिकोत्सवको अवसरमा सुरु गरेको ‘टयाप एन्ड पे’ सेवा मार्फत अफलाइन रहेर पनि पाँच हजारसम्मको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यसैगरी, बैंकले ‘सिटिजन्स फ्रिल्यान्सर सेभिङ्ग अकाउन्ट’ पनि सुरु गरेको छ, जसमा नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा, दुर्घटना बीमा र अन्य डिजिटल सुविधाहरू प्रदान गरिएको छ ।

प्रकाशित मिति: ७ वैशाख २०८२, आइतबार  १९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।