रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम


काठमाडौँ । स्मार्ट फोन ब्रान्ड रियलमीले एनसेलसँगको सहकार्यमा ‘न्यू इअर, न्यू मी विथ एनसेल एन्ड रियलमी’ योजना सार्वजनिक गरेको छ ।

टेक्नोलोजी र कनेक्टिभिटीको मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफरले नयाँ वर्षलाई झनै रमाइलो बनाउने कम्पनीको अपेक्षा छ ।

योजनाअन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिने अनलिमिटेड डेटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन् । फोरजी र भोल्टे सुविधा उपयोग गर्न चाहनेका लागि यो एक उपयुक्त सुरुआत हुने कम्पनीको दाबी छ ।

नयाँ रियलमी सी ७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ । ८+१२८ जिबीको मूल्य २६ हजार ९९९ र ८+२५६ जिबीको मूल्य २९ हजार ९९९ रुपैयाँ पर्छ । आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित रहेको कम्पनीले बताएको छ ।

यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ ।

प्रकाशित मिति: ८ वैशाख २०८२, सोमबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।