जीवन विकास लघुवित्तको ८४ हजार कित्ता सस्थापक सेयर बिक्रिमा


काठमाडौँ । जीवन विकास लघुवित्त वित्तिय सस्थाले ८४ हजार कित्ता सस्थापक सेयर बिक्री गर्ने भएको छ ।

संस्थाले सोमबार सुचना निकालेर उक्त मात्रामा सस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

संस्थाले न्युनतम प्रति सेयर मुल्य ५०० रुपैयाँका दरले बिक्रीकर्ता नं. १ र बिक्री कर्ता नं. २ गरेर सेयर बिक्री गरिने जनाएको छ । बिक्रीकर्ता नं. १ मा ७४ हजार कित्ता सेयर र बिक्रीकर्ता नं. २ मा १० हजार सेयर बिक्री गरिने छ ।

खरिद कर्ताले के कति कित्ता सेयर खरिद गर्ने हो र कुन बिक्रेताको सेयर खरिद गर्ने हो सो कुरा प्रष्ट उल्लेख गर्नुपर्ने छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका बमोजिम सस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता सस्थापक सेयरधनीलाई नै दिनुपर्ने व्यवस्था छ । सोहि व्यवस्था बमोजिम सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

खरिद बिक्री कर्ताको आपसी छलफल पछि आवश्यक जाँचबुझ गरेर सेयर बिक्री गरिने सस्थाले जनाएको छ । खरिद कर्ताले ३५ दिनभित्र सस्थाको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा निवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति: ८ वैशाख २०८२, सोमबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।