पहिरोका कारण कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध


संखुुवासभा । कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।