काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । मंगलबार सुनिल केसीको कार्यकाल सकिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन । बैंक सञ्चालक समितिको बैठकले २०८२ वैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
बैंकको डेप्युटी सीईओ रहेका घिमिरेलाई गत फागुनमा नै बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो, घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ ।
३ दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध रहेका छन । बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरेका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
प्रतिक्रिया