सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुन प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३२९.३३ अमेरिकी डलर र चाँदी ३३.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ वैशाख २०८२, बिहीबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।