एनआईसी एशिया बैंकले आफ्नो मातहतमा रहेको चल अचल सम्पत्ति बिक्री गर्दै


काटमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो, मातहतमा रहेको घर जग्गा तथा अन्य सम्पत्ति बिक्री गर्ने भएको छ ।

बैंकले बिहिबार सुचना निकालेर धितोमा रहेको चल अचल सम्पत्ति बिक्री गर्ने जनाएको हो ।
बैंकका अनुसार धर्मेन्द्र कुमार साहुको नाममा मालपोत कार्यालय रौतहटमा दर्ता रहेको कित्ता नं. २३१५, २३१६ र २३१४ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात बिक्री गरिने छ । साहु गल्ली एण्ड कमिशन एैजेन्ठको स्वात्विमा रहेको मालसमान तथा आयकर प्राप्ती उपर हाइपोथिकेशन बिक्री गरिने छ ।

यस्तै, राम शरण श्रेष्ठको नाममा नापी कार्यालय काभ्रेपलान्चोकमा दर्ता रहेको कित्ता नं. २६७९, २७४३ र २७७५ जग्गा सो जग्गामा कनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात बिक्री गरिने छ । साथै यु.एमु इँटरप्राजेज प्रा.ली.को स्वामित्वमा रहेको मालसमान तथा आय प्राप्ती उपर हाइपोथिकेशन सुरक्षण समेत बिक्री गरिने छ ।

बैंकले बोलपत्र फारम १ हजार रुपैयाँ तिरेर बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुबाट लिन सकिने छ । बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार बैंकमा निहित जुने छ । बोलपत्र सम्बन्धी सम्परर्ण प्रक्रीया कानुन बमोजिम हुने छ ।

प्रकाशित मिति: ११ वैशाख २०८२, बिहीबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।