२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति


बागलुङ । अछेते–भिमापोखरा सडक १ करोड ५० लाख रुपैयाँ लागतमा स्तरोन्नति गरिएको छ ।

उक्त सडकको ५ किलोमिटरमध्ये ८ स्थानमा ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख रुपैयाँ र भिमापोखरा वडा कार्यालयको २० लाख रुपैयाँ गरी ७० लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति गरिएको हो । पूर्वाधार विकास कार्यालयबाट प्राप्त ८० लाख रुपैयाँ ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । ४ स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ ।

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले जानकारी दिइ ।

प्रकाशित मिति: १२ वैशाख २०८२, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।