काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण गरेको छ । बत्तिसपुतली शाखा साविक भवनबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं. ९ स्थित राम मन्दिर जाने बाटो संगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा सरेको हो ।
बैशाख १४ गतेदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको बैंकले जनाएको छ ।
शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।
प्रतिक्रिया