आयोडिनयुक्त नूनको कारोवारमा चलखेल 


काठमाडौँ । आयोडिनयुक्त नूनको कारोवार सम्बन्धमा बजारमा अनेक थरीका हल्लाहरु, कृयाकलापहरु र चलखेलका बारेमा उपभोक्ता मञ्चले गम्भिररुपमा ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारले २०२० साल देखि नूनको कारोवार र गुणस्तरलाइ व्यवस्थित र नियमित गर्दै आएको छ । नेपाल सरकारले तोकेको गुणस्तरीय मापदण्ड र परिधि भित्र रही शाल्ट ट््डिङ कर्पोरेशन लि. मार्फत बिक्रि बितरण हुंदै आएको आयोडिनयुक्त नूनको उपभोगकै कारण आज नेपालबाट गलगांड, कण्ठरोग तथा आयोडिनको कमीले हुने रोगहरु करिव करिव निर्मूल हुने चरणमा पुगेको छ ।
यद्यपी केही व्यापारिक स्वार्थ बोकेको व्यवसायिक प्रतिष्ठान वा व्यापारीहरुले नेपाल र नेपाली जनताको स्वास्थ्य माथी नै खेलवाड गर्दै आयोडिनयुक्त नूनको बारेमा गलत र भ्रामक प्रचार गर्ने, शाल्ट टेडिङ कर्पोरेशन लि. मार्फत बिक्रि बितरण गर्दै आएको आयोडिनयुक्त नूनको कारोवार खुला बजारको नाममा निजी क्षेत्रलाई खुला गर्ने प्रपन्च गरी सुव्यवस्थित बितरण प्रणाली नै ध्वस्त गर्ने प्रयास हुंदै आएको मञ्चद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति: १७ वैशाख २०८२, बुधबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।