सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता


काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच बुधबार भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।

उक्त सहमतिलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार भोलिदेखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  ०६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।