गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी


काठमाडौँ । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो। यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सदस्यमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।