एकै दिन ४ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २२३.८८ अमेरिकी डलर र चाँदी ३२.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।