कैलालीमा गहुँ उत्पादन घट्यो


कैलाली । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष २ हजार २९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ । गत वर्ष गहुँको उत्पादकत्व ३.४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष ३.३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए ।

‘उत्पादनमा केही कमी आएको छ । पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो,’ कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिँदै सूचना अधिकारी ओझाले भने ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।