काठमाडौँ । मधेश प्रदेश सरकार शिक्षा विकास निर्देशनालय जनकपुरले करारमा स्टाफ नर्स भर्ना गर्ने भएको छ ।
निर्देशनालयले विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा रहने गरि करारमा कर्मचारी भर्ना गर्न लागेको हो ।
बिहिबार सुचना निकालेर खुल्ला तर्फ २७ जना, मधेशी १४ जना, दलित र मुस्लिम ४।४ जना मागेको छ ।
यस्तै आदिवासी जनजाति, थारु, विपन्न खस आर्य र अपाङ्ग १।१ जना भर्ना गर्ने जनाएको छ ।
निर्देशनालयले प्रचलित कानुन बमोजिम अयोग्य नभएका नेपाली नागरिकले नागरिकताको प्रमाण प्रत्र सहित मान्यता प्राप्त शिक्षण सस्थाबाट स्टाफ नर्स उत्तिर्ण गरेको प्रमाण पत्र र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको प्रमाण पत्र आवश्यक पर्ने जनाएको छ ।
यस्तै १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको र समावेशी समुहको लागि कानुन बमाजिम प्रमाणित कागजात संलग्न राखेर १५ दिन भित्र निवेदन दिन भनेको छ ।
प्रतिक्रिया