९ महिनामा ४५ करोड राजस्व संकलन


बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को ९ महिनाका अवधिमा ४५ करोड ६६ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दत्र्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार ५९० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ८ लाख ७१ हजार ३१४ रुपैयाँ, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार २९९ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट ७ करोड १५ लाख ७६ हजार ९९२ रुपैयाँ, संघीयता तर्फ ३ करोड १४ लाख ९१ हजार ९५३ रुपैयाँ तथा बेरुजुबाट ८ हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै चालु आर्थिक वर्षको सो अवधिमा मोटरसाइकल २ हजार २३४ वटा, साना सवारी ८४७ वटा, टेम्पो÷ई–रिक्सा ६२६ वटा, ठूला तथा मझौला सवारी ६२४ वटा र ट्याक्टर ११ गरी ४ हजार ३५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ ४ हजार ७८१ र वर्ग थप २ हजार १६१ गरी ५ हजार ३५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस्तै सो अवधिमा ४ हजार ७८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड ७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने ४ हजार ३९९ वटा सवारी साधन दत्र्ता गरेको थियो ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।