शुक्रबार सुनको मूल्य कति ?


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

यता, शुक्रबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २५४.५८ अमेरिकी डलर र चाँदी ३२.६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।