सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिलमा सरकारको जोड


सरकारले सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न जोड दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो उल्लेख गरेको हो ।

१६ औँ योजनाको रणनीति अनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरण रोजगारीमुखी आर्थिक वृद्धि, तथा संरचनात्मक रूपान्तरण नयाँ आधारको रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गर्ने योजना बनाएको सरकारले सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा सहज तुल्याउने रणनीति लागु गरिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।