सुनको मूल्यमा वृद्धि


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २४१.३६ अमेरिकी डलर र चाँदी ३२.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।