काठमाडौं । शिक्षा क्षेत्रको नीतिगत सुधारमा योगदान पुर्याएका वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
पार्किन्सन रोगबाट पीडित नेपालको नर्भिक अस्पतालमा उपचारको क्रममा दिउँसो निधन भएको हो।
पछिल्लो समय राजनीतिमा सक्रियता घटाएका नेपाल केही दिन अघि अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोमबार उनलाई आईसीयूमा सारिएको थियो । तर चिकित्सकीय प्रयास असफल भएपछि मंगलबार ७१ वर्षको उमेरमा उनको निधन भएको हो ।
नेपाल पूर्व शिक्षामन्त्री समेत रहेका थिए । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्यको भूमिकामा पनि रहेर लामो समयसम्म पार्टीको नीति निर्माणमा सक्रिय थिए। उनले शिक्षा नीतिमा समावेशिता र समान अवसरको विषयमा वकालत गर्दै आएका थिए ।
राजनीतिक जीवनभन्दा बाहिर पनि नेपाल अध्ययनशील र सरल स्वभावका नेताको रूपमा चिनिन्थे ।
प्रतिक्रिया