काठमाडौँ । भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताए । यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उनले माग गरे ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडूले बताए । प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उनले सुझाव दिए ।
प्रतिक्रिया