जिल्ला अदालत नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर बनिया घुस रकम सहित पक्राउ


काठमाडौँ । जिल्ला अदालत नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) मा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया २ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनले लागु औषध मुद्धामा जिल्ला कारागार नवलपरासीमा रहेका सेवाग्राहीलाई छुटाई दिने भनी घुस लिएको अख्तियारको दाबी छ । बनियालाई घुस लिइसकेको अवस्थामा पाल्हीनन्दन गाँउपालिका ३ बेलासपुरबाट पक्राउ गरिएको हो । बुधबार पक्राउ परेका बनियामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।