१४ जीवन बिमा कम्पनीले ९ महिनामा उठाए सवा १ खर्ब बिमा शुल्क, कुन कम्पनीको कति ?


काठमाडौँ । जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बिमालेखमार्फत् १ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा राष्ट्रिय जीवन बिमा कम्पनीको गत चैत मसान्तसम्म सक्रिय जीवन बिमालेखको संख्या ५ लाख ७१ हजार ४९० छ । सो अवधिसम्म कम्पनीले ८ अर्ब १६ करोड ३५ लाख ६० हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय जीवन बिमालेखको संख्या १५ लाख ३४ हजार ९७७ रहेकामा कुल बिमा शुल्क आर्जन रकम १५ अर्ब ६४ करोड ११ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत चैतसम्म सक्रिय जीवन बिमालेखको संख्या १९ लाख ६० हजार ५३४ रहेकामा कुल बिमा शुल्क आर्जन रकम ३३ अर्ब १ करोड ७८ लाख ३१ हजार रुपैयाँ छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा सक्रिय जीवन बिमालेखको संख्या ६ लाख ८१ हजार ९८५ रहेकामा कुल बिमा शुल्क आर्जन रकम १४ अर्ब ३ करोड ६३ लाख ६३ हजार रुपैयाँ छ ।

यस अवधिमा मेट लाइफ इन्स्योरेन्स कम्पनी सक्रिय जीवन बिमालेखको संख्या ७ लाख ६४ हजार ८१८ छ भने सो बिमालेखबाट ४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा ८ लाख २२ हजार ७२९ वटा सक्रिय जीवन बिमालेख रहेकामा ६ अर्ब ४६ करोड ४३ लाख ५३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा यस अवधिमा ६ लाख ६७ हजार ५७२ वटा सक्रिय जीवन बिमालेख छन् । सो अवधिमा कम्पनीले ३ अर्ब ७७ करोड ३१ लाख १३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

चालु आवको ९ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ९ लाख ८२ हजार ३२९ वटा सक्रिय जीवन बिमालेख छन् । कम्पनीले यस अवधिमा ३ अर्ब ८ करोड ५४ लाख ८४ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा यस अवधिमा २४ लाख ८० हजार ९७८ वटा जीवन बिमालेख सक्रिय रहेकामा कुल बिमा शुल्क आर्जन रकम ३ अर्ब ६९ करोड १२ लाख ५ हजार रुपैयाँ छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा भने यस अवधिमा १० लाख १५ हजार १९३ वटा बिमालेख सक्रिय रहेकामा कुल बिमा शुल्क आर्जन रकम ५ अर्ब ८ करोड ७१ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि यस अवधिमा ७ लाख १७ हजार ४८ वटा बिमालेख सक्रिय रहेकामा कुल बिमा शुल्क आर्जन रकम ७ अर्ब ६५ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा पनि यस अवधिमा ७ लाख ५ हजार ८१६ वटा बिमालेख बाट ४ अर्ब ८४ करोड ६५ लाख ९२ हजार रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालु आवको ९ महिनाको अवधिमा ४ लाख ६ हजार ३८७ वटा बिमालेख सक्रिय रहेकामा कुल बिमा शुल्क आर्जन रकम १२ अर्ब ५९ करोड ६९ लाख ८१ हजार रुपैयाँ छ ।

प्राधिकरणका अनुसार प्रभु महालक्षी लाइफ इन्स्योरेन्स कम्पनीमा भने यस अवधिमा २ लाख २७ हजार ६५४ वटा बिमालेख सक्रिय रहेकामा कुल बिमा शुल्क आर्जन रकम ३ अर्ब ६७ करोड ५३ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

  • लघु जीवन बिमाले कति कमाए ?

लघु जीवन बिमा कम्पनीहरूले चालु आवको ९ महिनामा ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

जसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको चैत महिनासम्ममा ५ लाख ७८ हजार ७६७ सक्रिय बिमालेख छन् । यस्तै यस अवधिमा ३२ करोड ५८ लाख १८ हजार रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख ७० हजार ८२० सक्रिय बिमालेख रहेकामा बिमा शुल्क ३२ करोड २० लाख ९२ हजार रुपैयाँ छ । यस्तै, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सक्रिय बिमालेख संख्या १ लाख १० हजार ४७६ रहँदा कुल बिमा शुल्क आर्जन २० करोड ७७ लाख ८७ हजार रुपैयाँ संकलन गरेको छ ।

प्रकाशित मिति: २८ वैशाख २०८२, आइतबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।