काठमाडौँ । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख ३० गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
सोमबार बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले जेठ ९ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया