नेपाल लाइफ इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.६१ प्रतिशतले बढ्यो


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा इन्स्योरेन्सले उक्त नाफा कमाएको हो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.६१ प्रतिशतले बढेर ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ११.५३ प्रतिशतले बढेर ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १३.८३ प्रतिशतले बढेर ४१ अर्ब ९ करोड र कुल खर्च १३.०९ प्रतिशतले बढेर ४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ पैसा घटेर ९ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ।

चुक्ता पूँजी ९ अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको रटेन्ड अर्निङ्गमा १ अर्ब १८ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ संचित रहेको छ ।

प्रकाशित मिति: २८ वैशाख २०८२, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।