काठमाडौँ । कुमारी बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न चेतावनी दिएको छ ।
बैंकले आइतबार सूचना निकालेर ऋणीहरुलाई तोकिएको समयअवधिभित्र कर्जा चुक्ता नगरेमा कालोसूचीमा राखिने बैंकले जनाएको हो ।
बैंकका शाखा कार्यालयहरु (नारायणगढ, खैरेनी र ठाकुरबाबा, बर्दिया) बाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेको बैंकको सूचनामा उल्लेख गरेको छ ।
बैंकले पटक–पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेको जनाएको छ ।
तोकिएको समय भित्र साँवा ब्याज तथा सम्पुर्ण रकम चुक्ता गर्न भनेको छ । यस्तै उक्त अवधिमा बैंकको रकम भुक्तानी नभएमा धितोमा रहेको सम्पत्ति लिलाम गरिने जनाएको छ । बैंकका अनुसार लिलाम गरिएको सम्पत्तिबाट बैंकको रकम असुल नभएमा प्रचलित नियम तथा कानुन बमोजिम अन्य श्री सम्पत्तिबाट बैंकको रकम असुलउपर गरिने जनाएको छ ।
प्रतिक्रिया