सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २२७.४५ अमेरिकी डलर र ३२.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।