चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र


काठमाडौँ । चितवन जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च ३ अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० श्रपैयाँ भएको जनाएको हो ।

जिल्लाको समग्र विकासका लागि ८ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रुपैयाँ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए ।

यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि १३ अर्ब ६ करोड ७१ लाख २४ हजार ९८० रुपैयाँ विनियोजन गरिएकोमा १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  ०७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।