रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै


काठमाडौँ । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो ।

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी १-२ दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताए ।

सडकलाई ९ मिटर फराकिलो बनाएर ७ किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र २ किलोमिटर आरसिसी ढलान गरिने छ । “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ”, सेढाईंले भने ।

पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म ९ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए । रत्नेचौरदेखि उपल्लाचौरसम्म १ किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ ।

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।