काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्सोरेन्सले साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैंठकले आगामी जेठ २३ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बिरेन्द्रनगर–६, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरी लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।
सभाले चालु आर्थिक वर्ष २०८१\८२ का लागि बाह्य लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी अनुमोदन गर्नेछ ।
सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्ति गर्ने छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् जेठ ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया