काठमाडौँ । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२.५६ प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएकामा वैशाखसम्ममा ४ अर्ब ५५ करोड ९२ लाख रुपैया खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाखरुपैयाँ मध्ये ७७.६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ”, उनले भने ।
कार्यालयको तथ्याङ्कअनुसार समग्रमा जिल्लाको खर्च ६३.६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख ७ हजार २३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया