जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन


काठमाडौँ । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने १४ अर्ब १ करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको ९ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताइन् । कार्यालयले सोही अवधिमा २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।

प्राधिकरणले जीवन बिमातर्फ ७ वटै प्रदेशबाट चैत मसान्तसम्म १ खर्ब २७ अर्ब ३ करोड रुपैयाँ शुल्क सङ्कलन भएको छ ।

प्रकाशित मिति: २ जेठ २०८२, शुक्रबार  ०८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।