काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले सेनाले शुक्रबार सूचना निकालेर विभिन्न ट्रेडका फलोअर्स पदमा खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
सेनाले पूर्वी पृतना हेड क्वाटर इटहरी, सुनसरीका लागि २५ जना माग गरेको छ ।
यस्तै, मध्य पूर्वी पृतना हेड क्वाटर बर्दिवास, महोत्तरीका लागि ३० जना, मध्य पृतना हेड क्वाटर, हेटौँडा मकवानपुरका लागि ३० जना मागेको छ ।
पश्चिम पृतना हेड क्वाटर विजयपुर, कास्कीका लागि २८ जना माग गरेको छ ।
यसैगरि, मध्य पश्चिम पृतना हेड क्वाटर योगिकुटी, बुटवलका लागि २९ जना र उत्तर पश्चिम पृतना हेड क्वाटर निमारे, सुर्खेतका लागि २७ जनाको आवेदन मागेको छ ।
उम्मेद्वारले सामान्य लेखपढ गर्न जानेको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।
सेनाका अनुसार पुरुषको हकमा न्यूनतम उचाई ५ फिट २ इन्च, छाती नफुलाउदा न्यूतम ३० इन्च र फुलाउदा न्यूनतम ३२ इन्च र न्यूनतम ५० के.जी. वजन हुनुपर्ने छ ।
यस्तै, महिलाको हकमा न्यूनतम उचाई ४ फिट १० इन्च र न्यूनतम ४० के.जी. वजन हुनुपर्छ । दरखास्त दिने अन्तिम दिनसम्म उमेद्वारको उमेर १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्ने छ ।
उमेद्वारले आवेदन साथ नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरु कपाल काटेको दुवै कान देखिने पुरै मुखाकृति प्रष्ट देखिने ४ प्रति फोटो दरखास्त साथ पेश गर्नुपर्ने छ ।
सेनाका अनुसार जेठ ३१ गतेसम्म नियमित दस्तुरमा र असार ७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया