हिमालय रिइन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव


काठमाडौँ । हिमालय रिइन्स्योरेन्स लिमिटेडले चौँथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालन समितिको बिहीबार बसेको बैंठकले आगामी जेठ २५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।

सभाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धी अनुमोदन गर्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् जेठ १० गतेसम्म कायम सेयरधनीहरु मात्रै सधारणसभामा भाग दिन पाउनेछन् ।

प्रकाशित मिति: २ जेठ २०८२, शुक्रबार  १४ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।