बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल


काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे हुँदैछ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे।

प्रकाशित मिति: ७ जेठ २०८२, बुधबार  ०८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।