काठमाडौँ । नेपालमा एआइओएन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले, नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई “एआइओएन भी” को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै, उक्त गाडी हस्तान्तरण गरेको छ ।
नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब एआइओएन भी परिवारको हिस्सा बन्न पुगेकी छन्। । उनीजस्तै बहुआयामिक क्षमता बोकेको एआइओएन भी ले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ ।
सीजी मोटर्सका जीएम–सेल्स, सुशील क्षेत्रीले भने – “हामी वर्षा राउतलाई एआइओएन भी को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं, उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता एआइओएन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं ।”
कहिले छायांकनमा व्यस्त, कहिले आकस्मिक घुमघाममा, त कहिले शान्त शहर यात्रामा – वर्षा राउतको द्रुत गतिमा अघि बढ्ने जीवनशैलीलाई एआइओएन भी ले सम्पूर्ण रूपमा समर्थन गर्छ । यस गाडीको ८–प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउँछ ।
एआइओएन भी मा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेंज एन््जायटीलाई पूर्ण रूपमा हटाउँछ । दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ ।
वर्षा राउत भन्छिन् – “एआइओएन भी केवल गाडी होइन – यो त एक अनुभव हो । यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ । मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ । यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ ।”
चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ । नेपालमा एआइओएन इभी को एकमात्र आधिकारिक बिक्रेताको रूपमा सिजी मोटर्स ले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ । २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत सिजी मोटर्स ले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया