तोलाको १५ सय रुपैयाँ सुनको मूल्य


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा १ हजार ५ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।