काठमाडौँ । सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको छ ।
संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए ।
यसअघि ६८ वर्ष पुगेपछि जेष्ठ नागरिक भत्ता दिइने गरिएको थियो । यद्यपी अहिले पाइरहेकाहरुको भत्ता भने कटौती हुने छैन ।
प्रतिक्रिया