काठमाडौँ । पछिल्लो समय नास्ताको रुपमा चिया र बिस्कुट खाने प्रचलन बढ्दै गएको छ । नेपालमै बिस्कुट उत्पादन गर्ने उद्योगहरुले बिस्कुट निर्यात गरे पनि नेपालीले विदेशी बिस्कुटको स्वाद भुल्न सकेका छैनन् । जसकारण चालु आर्थिक वर्षको १० महिनामा ३५ लाख ९३ हजार ८१८ केजी बिस्कुट ८८ करोड ९ लाख २२ हजार रुपैयाँमा आयात भएको छ । यो अवधिमा ८९ हजार केजी बिस्कुट २ करोड ५६ लाख ७७ हजार रुपैयाँमा निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा भारत, चिन, स्पेन, मलेशिया, बेलायत, बंगलादेश, भियतनाम, अष्ट्रेलिया, अमेरिका, युएइ, पोल्याण्ड लगायत देशबाट बिस्कुट आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी भारतबाट ६५ करोड ६२ लाख ७५ हजार रुपैयाँको बिस्कुट आयात भएको छ । चिनबाट ६ करोड ८१ लाख ८५ हजार रुपैयाँको आयात भएको छ । यस्तै, मलेशियाबाट ६ करोड २७ लाख ४६ हजार रुपैयाँको बिस्कुट आयात हुँदा बेलायतबाट २ करोड २ लाख ३२ हजार रुपैयाँको बिस्कुट आयात भएको विभागले जनाएको छ । स्पेनबाट ९९ लाख ६ हजार रुपैयाँको र बंगलादेशबाट ५० लाख ९५ हजार रुपैयाँको बिस्कुट आयात भएको छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०८०/८१ को सोहि अवधिमा ३६ लाख ७२ हजार ६०१ केजी बिस्कुट ८९ करोड ४६ लाख ६९ हजार रुपैयाँमा आयात भएको थियो । उक्त अवधिमा ४० हजार ९५ केजी बिस्कुट १ करोड ८ लाख ८९ हजार रुपैयाँमा निर्यात भएको थियो ।
सो आर्थिक वर्षमा भारतबाट ६६ करोड ९५ लाख ९८ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । चिनबाट ७ करोड ३ लाख ६ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । मलेशियाबाट ६ करोड ३६ लाख १३ हजार रुपैयाँको बिस्कुट आयात हँदा स्पेनबाट १ करोड ३६ लाख २७ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । बेलायतबाट १ करोड ६९ लाख ७१ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । बंगलादेशबाट १७ लाख १ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को १० महिनामा ४२ लाख ८३ हजार २९२ केजी बिस्कुट १ अर्ब १ करोड १२ लाख रुपैयाँमा आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको थियो । उक्त अवधिमा ७ लाख ८५ हजार रुपैयाँको १ हजार ७७७ केजी बिस्कुट निर्यात भएको थियो ।
उक्त आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी भारतबाट ७५ करोड ८९ लाख ३७ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो ।
मलेशियाबाट ९ लाख ३३ हजार रुपैयाँको बिस्कुट आयात हुँदा चिनबाट ६ करोड ५८ लाख ३६ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । बेलायतबाट ३ करोड २४ लाख ३५ हजार रुपैयाँको र स्पेनबाट १ करोड २३ लाख ४३ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो ।
आर्थिक वर्ष ७८/७९ को १० महिनाको अवधिमा १ अर्ब २८ करोड ५९ लाख १९ हजार रुपैयाँको ६२ लाख ५६ हजार केजी बिस्कुट आयात भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार सोहि अवधिमा १ हजार ३४२ केजी बिस्कुट ३ लाख ७६ हजार रुपैयाँको निर्यात भएको थियो ।
सो अवधिमा भारतबाट ९६ करोड १५ लाख ३५ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । चिनबाट ९ करोड ३१ लाख ९१ ह्जार रुपैयाँको बिस्कुट आयात हुँदा मलेशियाबाट ९ करोड ४९ लाख १ हजार रुपैयाँको आयात भएको थियो । यस्तै स्पेनबाट १ करोड ६९ लाख २५ हजार रुपैयाँको आयात हँुदा बेलायतबाट ३ करोड ४८ लाख ८६ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो । यूएईबाट ७५ लाख २४ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो ।
यसैगरि आर्थिक वर्ष २०७७/७८ को सोहि अवधिमा ९२ लाख ५२ हजार ६५१ केजी बिस्कुट १ अर्ब ५४ करोड ३५ लाख ७७ हजार रुपैयाँमा आयात भएको थियो ।
उक्त अवधिमा सबैभन्दा बढी भारतबाट १ अर्ब ३० करोड ७५ लाख २० हजार रुपैयाँको बिस्कुट आयात भएकोे थियो । चिनबाट ७ करोड ५२ लाख ११ हजार रुपैयाँको बिस्कुट आयात हुँदा मलेशियाबाट ८ करोड ३५ लाख ९२ हजार रुपैयाँको बिस्कुट आयात भएको देखिन्छ । इन्डोनेसियाबाट १ करोड ४६ लाख ५३ हजार रुपेयाँको बिस्कुट आयात भएको थियो । स्पेनबाट १ करोड ४६ लाख ३१ हजार रुपैयाँको र बेलायतबाट २ करोड ८७ लाख ६७ हजार रुपैयाँको बिस्कुत आयात हुँदा भियतनामबाट ४१ लाख ७२ हजार रुपैयाँको बिस्कुट आयात भएको थियो ।
प्रतिक्रिया